बहालवाला न्यायाधीशमाथि अख्तियारले मुद्दा चलाउन नपाउने सर्वोच्चको ठहर

सफल खबर संवाददाता

शुक्रबार, १३ फागुन २०७८, १६ : २३
बहालवाला न्यायाधीशमाथि अख्तियारले मुद्दा चलाउन नपाउने सर्वोच्चको ठहर

काठमाडौ । बहालवाला न्यायाधीशमाथि अनुसन्धान र अभियोजन गर्ने अधिकार अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई नभएको सर्वोच्चले ठहर गरेको छ । भ्रष्टाचारको अभियोगमा निलम्बनमा परेका न्यायाधीश बिनोदकुमार गौतमको रिटमाथि सुनुवाई गर्दै सर्वोच्चको पूर्ण इजलासले न्यायाधीशमाथि मुद्दा चलाउने अधिकार अख्तियारलाई नभएको बताएको हो ।

 सर्वोच्च अदालतका न्यायाधीशत्रय आनन्दमोहन भट्टराई,अनिलकुमार सिन्हा र बमकुमार श्रेष्ठको पूर्ण इजलासले बहालवाला न्यायाधीशमाथि अनुसन्धान र अभियोजन गर्ने अधिकार अख्तियारलाई नभएको भन्दै न्यायाधीशमाथि लागेको भ्रष्टाचारको मुद्दा नै खारेज हुने फैसला गरेको हो ।

प्रतिक्रिया दिनुहोस