चिनियाँ विद्यार्थीलाई अमेरिकामा दुर्व्यवहार नगर्न चीनको आग्रह

सफल खबर संवाददाता

शुक्रबार, १३ फागुन २०७८, १६ : २१
चिनियाँ विद्यार्थीलाई अमेरिकामा दुर्व्यवहार नगर्न चीनको  आग्रह

काठमाडौ । चीनले संयुक्त राज्य अमेरिकामा रहेका आफ्ना विद्यार्थीहरुलाई दुव्र्यवहार नगर्न अमेरिकालाई आग्रह गरेको छ । अमेरिकामा रहेका चिनियाँ विद्यार्थीहरुलाई अनेक बहानामा दुःख दिने गरेको, झमेलामा पार्ने गरेको, देश निकाला गर्ने गरेको चीनको भनाई छ । 

त्यसैगरी चिनियाँ विद्यार्थीलाई चिनियाँ कम्युनिष्ट पार्टीको सदस्य रहेको वा नरहेको बारेमा निरन्तर प्रश्न गर्ने गरिएको पनि चीनले आरोप लगाएको छ ।  कुनै पार्टीमा आवद्ध हुनु वा नहुनु उनीहरुको स्वतन्त्रताको विषय भएपनि अमेरिकाले त्यसमा संलग्न नहुन अप्रत्यक्ष रुपमा दवाव दिएको उनीहरुको भनाई छ । 

चीनको विदेश मन्त्रालयका प्रवक्ता हउ चुनीङले अमेरिकाको व्यवहारप्रति कडा रुपमा असन्तुष्टि जनाए । अमेरिकामा अन्य देशका विद्यार्थी र चिनियाँ विद्यार्थीका बीचमा विभेद भएको पनि उनले उल्लेख गरे ।

अमेरिकाको यस्तो प्रकारको व्यवहारलाई आफूहरुले गम्भिरतापूर्वक लिएको र आगामी दिनमा यस्तो नगर्न आग्रह गरिएको परराष्ट्र मन्त्रालयको भनाई छ ।

प्रतिक्रिया दिनुहोस