भायानेटले ल्यायो भाया टिभीसहितको मिनी प्याक

सफल खबर संवाददाता

शुक्रबार, १३ फागुन २०७८, १४ : ३१
भायानेटले ल्यायो भाया टिभीसहितको मिनी प्याक

काठमाडौँ । भायानेटले भाया टिभीसहित मिनी प्याकको नयाँ अफर सुरू गरेको छ। अब ग्राहकहरूले रू ८०० मा ७५ एमबीपीएसको इन्टरनेट प्याकेजको मासिक सब्स्क्रिप्सनसँगै निःशुल्क भायाटिभी प्राप्त गर्नेछन्।सुपथ मूल्यमा गुणस्तरीय इन्टरनेट सेवा चाहने ग्राहकहरूलाई लक्षित गरी भायनेटले यो मिनी प्याक उपलब्ध गराएको हो। अफरमार्फत ग्राहकहरूले उच्च गतिको इन्टरनेटको साथै मनोरञ्जनात्मक च्यानलहरू दुवैको लाभ लिन सक्ने भायानेटले जनाएको छ। भाया टिभीमाा ग्राहकहरुले १७५ं च्यानलहरू, चलचित्र र टेलिश्रृंखलाहरू हेर्न सक्नेछन्।

यसअघि भायानेटले मिनी प्याकमा ७५ एमबीपीएस हाई स्पीड इन्टरनेटसहित निःशुल्क एनसेल सिम र ४८ जीबी मोबाइल डाटा उपलब्ध गराएको थियो। ग्राहकले अझै पनि रु ८०० प्रतिमहिनामा यो अफरको मज्जा लिन सक्ने कम्पनीले जनाएको छ।यसबाहेक भाया टिभीको सेट–उपबक्समा ‘पज एन्ड प्ले’ को सुविधा रहेको छ। जसमार्फत प्रयोगकर्ताहरूले लाइभ टिभी कार्यक्रमहरू पज गरी पछि हेर्ने फाइदा लिन सक्नेछन्। मिनी प्याकका सब्स्क्राइबरहरूले भाया टिभीको सेवा आफ्नो मोबाइल उपकरणहरूमा पनि प्राप्त गर्न सक्ने भायानेटले जनाएको छ। प्रयोगकर्ताहरूले गुगल प्लेस्टोर वा एप्पल एपस्टोरमार्फत भाया टिभी एप डाउनलोड गरी आफ्नो उपकरणहरूबाट भाया टिभीको सुविधा लिन सक्नेछ्न्।

उच्च गतिको इन्टरनेटका अन्य योजनाअन्तर्गत भायानेटले अल्ट्रा–फाई इन्टरनेट प्याकहरू पनि उपलब्ध गराइरहेको छ। अल्ट्रा–फाई प्याकको मुख्य विशेषता भनेको १७५ एमबीपीएस इन्टरनेट योजना हो, जसको सब्स्क्रिप्शनमा २ वटा भाया टिभी पनि उपलब्ध छन्। यसको मूल्य मात्र रू १२५० प्रतिमहिना रहेको छ।मिनी प्याकमार्फत भायानेटले सामान्य उपभोक्ताहरूमात्र नभई उच्च गतिको इन्टरनेट चाहने उपभोक्ताहरूको विशेष आवश्यकता पनि पूरा गर्ने आशा राखेको छ।

प्रतिक्रिया दिनुहोस