रुसले किन गर्यो युक्रेनमाथि आक्रमण ?

पत्रपत्रिकाबाट

शुक्रबार, १३ फागुन २०७८, ०७ : ५४
रुसले किन गर्यो युक्रेनमाथि आक्रमण ?

काठमाडौं । ‘आज मैले तपाईंहरूका राष्ट्रपतिसँग फोन वार्ताको पहल गरेको थिएँ । तर, त्यसको कुनै जवाफ आएन । त्यसैले म तपाईंहरूलाई आज राष्ट्रपतिका रूपमा नभई एक युक्रेनी नागरिकका रूपमा सम्बोधन गर्न गइरहेको छु ।’

युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले रुसले युक्रेनमाथि आक्रमण गर्न‘भन्दा केही घण्टाअघि मात्र रुसी जनतालाई भावुक सम्बोधन गर्दै युद्ध रोक्न आह्वान गरेका थिए । तर, उनको यो आह्वानको कुनै सुनुवाइ भएन । बरु उनको यस्तो आह्वानको केही समयमै युक्रेनको राजधानी किएभ मात्र नभई पूर्वी युक्रेनका अरू धेरै सहरमा विस्फोट भइसकेका थिए ।

त्यही विस्फोटको आवाजले किएभका बासिन्दा ब्युँझिएका थिए । युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले सम्बोधनका क्रममा कथंकदाचित आक्रमण भइहाले आफूहरू चुप लागेर नबस्ने र बरु आफ्ना राष्ट्रपतिलाई सम्झाउन पनि भनेका थिए । उनले भनेका थिए, ‘दुई हजार किलोमिटरभन्दा लामो सीमाले तपाईं हामीलाई छुट्याएको छ ।

तपाईंहरूका नेताहरूले ती सैनिकलाई अगाडि बढेर अर्को मुलुकको भूमिमा प्रवेश गर्ने अधिकार दिएका छन् । र, यो कदम युरोप महादेशमा एउटा ठूलो युद्धको सुरुवात बन्न सक्छ । हामीलाई प्रस्ट थाहा छ, यो युद्ध हामीलाई आवश्यक छैन । न शीतयुद्ध न वास्तविक युद्ध । न कुनै मिश्रित युद्ध नै चाहिएको छ । तर, यदि हामीमाथि आक्रमण भयो भने, तिनले हाम्रो मुलुक खोस्ने प्रयास गरे भने, हाम्रो स्वतन्त्रता, हाम्रो जीवन, हाम्रा बालबच्चाको जीवन खोस्न खोजे भने हामी त्यसको प्रतिरक्षा गर्नेछौं । राजधानी दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस