बालुवाटारमा एमाले–कांग्रेस वार्ता जारी !

सफल खबर संवाददाता

विहीबार, १२ फागुन २०७८, २० : २७
बालुवाटारमा एमाले–कांग्रेस वार्ता जारी !

काठमाडौँ । बालुवाटारमा नेपाली कांग्रेस र एमाले नेताहरूबीच वार्ता जारी रहेको छ। बिहीबार दिउँसो संसद भवन नयाँ बानेश्वरमा छलफलपछि साँझ फेरि कुराकानी गर्ने सहमति भएअनुसार यतिबेला वार्ता चलिरहेको र सहमतिनजिक पुग्ने अवस्था सिर्जना भएको स्रोतको भनाइ छ ।

सत्तारूढ गठबन्धनमा रहेका दलहरूले एमसिसी पारित गर्न साथ नदिने भएपछि प्रधानमन्त्री देउवाले एमालेसँग सहकार्यका लागि सघन संवाद गरिरहेका छन्। भेटमा कांग्रेसतर्फबाट शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की सहभागी छन् भने एमाले तर्फबाट एमाले अध्यक्षसहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्षद्वय विष्णु पौडेल र सुवास नेम्वाङ सहभागी छन्।

एमालेले एमसिसी पास गर्न पहिला संसद सुचारू हुनुपर्ने जसको लागि एमालेबाट चोइटिएर गएका १४ सांसदलाई संसदमा राख्न नमिल्ने  माग कांग्रेससँग राखेको स्रोतको भनाइ छ। आफूले कारबाही गरेका सांसदलाई नहटाएर सभामुख अग्नि सापकोटाले पार्टी फुटाउन सघाएको भन्दै उनलाई हटाउनुपर्ने माग पनि एमालेले गरेको छ । 

प्रतिक्रिया दिनुहोस