काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्ता गठबन्धन अगाडि बढ्नेमा समस्या आइसकेको बताएका छन् ।
संसद् भवन नयाँ बानेश्वरमा सत्तारुढ कांग्रेस प्रमुख प्रतिपक्षी एमालेबीचको छलफलबाट बाहिरिँदै थापाले एमसीसीको विषयमै गठबन्धन एकठाउँमा नरहेकोले अब अघि बढ्नेमा समस्या आएको बताएका हुन् । तर, अब नयाँ समीकरण बन्छ त भन्ने सञ्चारकर्मीको जिज्ञासामा कुनै जवाफ दिएनन् ।
दुई पार्टीको छलफलमा एमसीसीसँगको सम्झौतामा सहयोग गर्न एमालेलाई प्रधानमन्त्री देउवाले आग्रह गरेका थिए । ओलीले पार्टीभित्र छलफलका लागि थप समय मागेको नेता थापाले जानकारी गराए । प्रधानमन्त्रीजीले ओलीजीलाई तपाईंहरुले नै दर्ता गर्नुभएको सम्झौता हामीले अगाडि बढाएका हौं । यो देशकै प्रतिष्ठाको विषय हो । यसलाई पास गरौं भनेर आग्रह गर्नुभयो’ उनले भने, ‘ओलीजीले आफ्नो पार्टीमा छलफल गरेर जवाफ दिन्छु भन्नुभयो ।’
सरकारको आग्रहमा बिहीबार सभामुख अग्नी सापकोटाले प्रतिनिधिसभा बैठक स्थगित गरेपछि प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष ओलीसँग छलफल गरेका थिए । बेलुका ७ बजे सम्भवतः प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्ने बताउँदै उनले सो बैठकमा पनि कांग्रेस र एमालेका शीर्ष नेताहरु सहभागी हुनेछन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १२ फागुन २०७८, १९ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोशीका मुख्य न्यायाधिवक्तालाई कारवाही गर्ने एमाले-माओवादीको चेतावनी
बझाङमा गठबन्धनका ४ दलले लिएनन् उम्मेदवारी फिर्ता
राप्रपाले प्रदेशमा सत्ता गठबन्धनलाई सहयोग नगर्ने
माधव नेपालले अडान नछाड्दा बालुवाटार बैठक अनिर्णीत
बालुवाटारमा सत्ता गठबन्धन बैठक जारी
सत्ता गठबन्धनको साझा न्यूनतम कार्यक्रम आज सार्वजनिक गरिँदै