प्रधानमन्त्री र पूर्व प्रधानमन्त्रीहरुबीच छलफल

राष्ट्रिय क्रमभंग हुने गरी बजेट ल्याउन पूर्वप्रधानमन्त्रीहरुको सुझाव

मंगलबार, २५ बैशाख २०७५, १४ : ४१
राष्ट्रिय क्रमभंग हुने गरी बजेट ल्याउन पूर्वप्रधानमन्त्रीहरुको सुझाव

काठमाडौं । सरकारका नीति तथा कार्यक्रमबारे छलफल गर्न बालुवाटारमा बसेको प्रधानमन्त्री र पूर्व प्रधानमन्त्रीहरुबीचको छलफल सकिएको छ । छलफलमा पूर्वप्रधानमन्त्रीहरुले राष्ट्रिय क्रमभंग हुने गरी बजेट ल्याउन सुझाव दिएका छन् । छलफलमा पूर्व प्रधानमन्त्रीहरु पुष्पकमल दाहाल प्रचण्ड, डा. बाबुराम भट्टराइ, शेरबहादुर देउवा, मधवकुमार नेपाल र मन्त्रिपरिषदका पुर्व अध्यक्ष खिलराज रेग्मी सहभागि थिए ।   बैठकमा पुर्व प्रधानमन्त्री झलनाथ खनाल नेपाल बाहिर भएकाले छलफलमा सहभागि थिएनन् । 

छलफलका क्रममा प्रधानमन्त्री  केपी अाेलीले  आगामी बजेटका प्राथमिकता निर्धारण तथा नीति तथा कार्यक्रममा समाबेश गर्ने बिषयबस्तुबारे  पूर्व प्रधानमन्त्रीहरुसँग सुझाव मागेका थिए । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले राष्ट्रिय क्रमभंग हुने गरी बजेट ल्याउन प्रमलाई सुझाव दिइएको बैठकपछि सञ्चारकर्मीहरुलाई जानकारी गराए । सो क्रममा भारतीय प्रम नरेन्द्र मोदीको नेपाल भ्रमणका विषयमा पनि छलफल  भएको थियो । पूर्वप्रमहरुले राष्ट्रहितलाई सर्वोपरी ठानेर मोदीको स्वागत गर्न सुझाएका थिए ।

 

प्रतिक्रिया दिनुहोस