सप्तरीमा छुरा प्रहारबाट एक युवकको हत्या

मंगलबार, २५ बैशाख २०७५, १४ : २९
सप्तरीमा छुरा प्रहारबाट एक युवकको हत्या

सप्तरी । सप्तरीको शम्भुनाथ नगरपालिकामा गए राति विवाहको भोजमा विवाद हुँदा छुरा प्रहारबाट एक युवकको ज्यान गएको छ । मुत्यु हुनेमा शम्भुनाथ नगरपालिका–७ भंगाहाका नमोदास चौधरीका छोरा ३० वर्षीय अजय रहेको प्रहरी उपरीक्षक मुकेशकुमार सिँहले बताउनुभयो । घटनामा संलग्न भनिएका सात युवालाई पक्राउ गरिएको छ ।

शिक्षक कुट्नेलाई कार्वाही माग
नेपाल शिक्षक संघ सप्तरीले निमित्त प्रधानाध्यापक लेखनाथ कोइरालामाथि कुटपिट गर्ने व्यक्तिलाई कार्वाहीको माग गरेको छ ।
तीन दिनअगाडि कोइरालालाई शिक्षकहरुका कोठामा बसिरहेका बेला स्थानीयवासी ज्ञानेन्द्रकुमार खड्गाले एक्कासि आक्रमण गरी घाइते बनाइएको विज्ञप्तिमा जनाइएको छ । कोइराला हनुमानगर कंकालनी नगरपालिका–१ स्थित बिपी माविमा १५ वर्षदेखि अध्यापनरत हुनुहुन्छ ।  (रासस)

प्रतिक्रिया दिनुहोस