सरकारले बेवास्ता गरेकोमा हलियाहरू असन्तुष्ट

सफल खबर संवाददाता

विहीबार, १२ फागुन २०७८, १३ : ४९
सरकारले बेवास्ता गरेकोमा हलियाहरू असन्तुष्ट


काठमाडौं ।  बाजुराको जगन्नाथ गाउँपालिका वडा नम्बर २ लुमाका हलियाहरूले सरकारले हलियाहरूका लागि आरक्षण कोटाको व्यवस्था गर्नुपर्ने माग गरेका छन ।
मधेसी र अन्य जातजातिलाई आरक्षण कोटा दिने तर हलियाहरूलाई नदिएर हलियाहरूमाथि  पटक पटक  सरकारले अन्याय गर्दैआइराखेको बताए । 

हलियाका समस्यामा सरकारले ध्यान नदिएको भन्दै उनीहरूले यस्तो आरोप लगाएका छन् । सरकारले मुक्त हलिया घोषणा गरे पनि हलियाहरूको जिविकोपार्जनका लागि कुनै पनि चासो नदिएको गुनासो छ । 

लुमामा मात्र ३८ जना हलियाहरू प्रमाणीकरण हुनबाट छुटेका छन् । प्रमाणीकरण हुनबाट छुटेका हलियाहरूको तथ्यांक लिनसमेत गाउँपालिका र अन्य सरकारले कुनै पहल थालेको छैन ।सरकारले घर बनाउनका लागि पैसा त दियो । सरकारले घर त बनायो तर, परिवार पाल्नका लागी कुनै विकल्प छैन । परिवार पाल्नका लागि भए पनि फेरि भारी बोक्नु पर्ने अवस्था छ ।’

हलिया मुक्त गर्ने भनेको सरकारले आफ्नो नारा मात्र सिमित राखेको छ । 
 

प्रतिक्रिया दिनुहोस