सहमतिपछि उपत्यकाको फोहोर उठाउन शुरु

सफल खबर संवाददाता

विहीबार, १२ फागुन २०७८, १३ : २०
सहमतिपछि उपत्यकाको फोहोर उठाउन शुरु

काठमाडौं । १२ दिनपछि बल्ल काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन गर्न थालिएको छ । बुधबार स्थानीय र सरोकारवालाबीचका छलफलमा तत्काल सडक निर्माणको काम सम्पन्न गर्ने सहमति भएपछि आज बिहानदेखि उपत्यकाको फोहो। उठाउन शुरु गरिएको हो । 

तोकिएका समयमा सडक निर्माणको काम सम्पन्न नगरेको जनाउँदै स्थानीयको अवरोधका कारण यही फागुन १ गतेदेखि फोहोर उठ्न सकेको थिएन । हाल फोहोर बिसर्जन गरिएको स्थान नुवाकोटको सिसडोलसम्म पुग्ने ६ किलोमिटर बाटो मर्मतको काम समयमा नै सम्पन्न नगरेको जनाउँदै पासाङल्हामु राजमार्गका स्थानीयले गरेको अवरोधले  स्थानीय तहको फोहोर उठ्न नसकेको हो ।

१२ दिनपछि फोहोरको व्यवस्थापन आज बिहानदेखि हुन थाले पनि यसअघि काठमाडौं उपत्यकाको सडकमा जम्मा भएको सबै फोहोर व्यवस्थापन गर्न भने कम्तीमा पाँचदिन लाग्ने काठमाडौं महानगरपनलिका कामपाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस