नयाँ बानेश्वर क्षेत्रमा उच्च सुरक्षा सतर्कता

सफल खबर संवाददाता

विहीबार, १२ फागुन २०७८, १३ : १५
नयाँ बानेश्वर क्षेत्रमा उच्च सुरक्षा सतर्कता

काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी छलफलका लागि संसदमा पेश हुन लागेका बेला नयाँ बानेश्वर क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ । एमसीसीको विरोधमा दैनिक प्रदर्शन भइरहेका वेला सुरक्षा चुनौतिको मूल्यांकन गर्दै प्रहरीले उच्च सुरक्षा सतर्कता अपनाइएको जनाएको छ ।

बानेश्वर क्षेत्रमा प्रहरी सडक खाली गराएर ब्यारिकेड राखेको छ । केहीअघि भएको प्रदर्शनमा आन्दोलनकारीले प्रहरीको ब्यारिकेडसमेत लडाएका थिए । अहिले संसद भवन वरिपरी व्यापक प्रहरी परिचालन गरिएको छ । सशस्त्र प्रहरीलाई पनि ‘स्ट्याण्ड बाई’ राखिएको छ । पानीको फोहोरा हान्ने तीन वटा गाडीलाई पनि बानेश्वरमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस