बनेपाबाट चोरिएको मोटरसाइकल ग्वार्कोबाट ट्राफिक प्रहरी नियन्त्रणमा

सफल खबर संवाददाता

विहीबार, १२ फागुन २०७८, १२ : ४८
बनेपाबाट चोरिएको मोटरसाइकल ग्वार्कोबाट ट्राफिक  प्रहरी नियन्त्रणमा

काठमाडौँ ।  महानगरीय ट्राफिक प्रहरी महाशाखाले चोरीको मोटरसाईकल सहित एक  जनालाई ललितपुरको ग्वार्कोबाट नियन्त्रणमा लिएको छ । ट्राफिक प्रहरीले रामेछाप सुनापाती गाउँपालिका घर भई काठमाण्डौं बस्ने वर्ष २३ को आर्टी तामाङ्गलाई बनेपाको भिमसेन मन्दिरबाट हराएको  बा.प्र.०२,०१७ प ७७२४ नम्वरको कालो, रातो रङको २२० सी.सी.को पल्सर मोटरसाईकल सहित नियन्त्रणमा लिएको महाशाखाले जनाएको छ ।
वास्तविक नम्बर प्रदेश ३-०२, ००४ प ९५९८ खुल्न आएको सो मोटरसाईकल काभ्रे घर भएका प्रमेश्वर श्रेष्ठको रहेको समेत पत्ता लागेको छ ।  सवारी धनीलाई मोटरसाईकल भेटिएको जानकारी समेत दिसकेको  महाशाखाले जनाएको छ ।
नियन्त्रणमा आएको मोटरसाईकल सहित पक्राउ परेका मानिसलाई चोरी मुद्दा  अनुसन्धान एव कारबाहिका लागी ईलाका प्रहरी कार्यालय बनेपा पठाइएको  महाशाखाले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस