प्रधानमन्त्री देउवा भेट्न प्रचण्ड पुगे बालुवाटार

सफल खबर संवाददाता

विहीबार, १२ फागुन २०७८, ११ : ३३
प्रधानमन्त्री देउवा भेट्न प्रचण्ड पुगे बालुवाटार

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन् । 

अध्यक्ष प्रचण्ड संसद्मा टेबल भएको अमेरिकी अनुदान सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सम्झौताका विषयमा छलफल गर्न पुगेका हुन् ।

सरकारले यही फागनु ८ गते बसेको प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौता टेबल गरेको थियो । आजदेखि बैठकमा छलफल हुनेछ । सरकारले जतिसक्दो चाँडो सम्झौता अनुमोदन गराउने तयारी गरेको छ । माओवादी केन्द्र भने एमसीसी संसद्बाट अनुमोदन गर्न नहुने पक्षमा छ ।

प्रतिक्रिया दिनुहोस