प्रतिनिधि सभाको बैठक आज बस्दै, कार्यसूचीमा एमसीसी सम्झौताबारे छलफल

सफल खबर संवाददाता

विहीबार, १२ फागुन २०७८, ०७ : ५६
प्रतिनिधि सभाको बैठक आज बस्दै, कार्यसूचीमा एमसीसी सम्झौताबारे छलफल

काठमाडौं । प्रतिनिधि सभाको आज (बिहीवार) को बैठकको सम्भावित कार्यसूचीमा अमेरिकी सहयोगको एमसीसी सम्झौताबारेको छलफल परेको छ ।
संघीय संसद सचिवालयका महासचिव डा। भरतराज गौतमले जारी गरेको सम्भावित कार्यसूचीको पहिलो नम्बर कानून न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले ‘महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७र७८’ पेश गरिने जनाइएको छ ।

कार्यसूचीको दोस्रो नम्बरमा अर्थमन्त्री जनार्दन शर्माले एमसीसी सम्झौतामाथि सामान्य छलफल गरियोस् भनेर प्रस्ताव प्रस्तुत गर्ने जनाइएको छ । एमसीसी विवादले सत्तारुढ गठबन्धनमा विवाद चर्किंदै गएको छ ।