गठबन्धन जोगाउनको लागि एमसिसी टेबल गर्न दियौँ : प्रचण्ड

सफल खबर संवाददाता

बुधबार, ११ फागुन २०७८, २० : ३३
गठबन्धन जोगाउनको लागि एमसिसी टेबल गर्न दियौँ : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन जोगाउनको लागि एमसिसी टेबल गर्न दिएको बताएका छन् । उनले संसदमा एमसीसी टेबल गर्दैमा पास हुन्छ भन्ने भ्रममा नपर्न नेता कार्यकर्ताहरूलाई आग्रह गरेका छन् ।

बुधबारबाट काठमाडौमा सुरु भएको माओवादी केन्द्र वागमती प्रदेश कमिटीको दोस्रो पुर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले  टेबल हुँदैमा पास गर्यो भनेर भ्रममा नपर्न नेता कार्यकर्ताहरूलाई आश्वस्त पारे । 

उनले टेबल गर्दैमा केही नबिग्रिने पनि बताए । ‘टेबल गर्दैमा केही बिग्रिदैन । यदि टेबल नगरेको भए सत्ता पक्षबाटै सभामुखकै विरुद्धमा पनि षड्यन्त्र हुनसक्ने बुझेर त्यसो गरिएको हो’, प्रचण्डले भने । 

प्रतिक्रिया दिनुहोस