कपिलबस्तुमा बन्दुक देखाउने दुईजना पक्राउ

मंगलबार, २५ बैशाख २०७५, १३ : २२
कपिलबस्तुमा बन्दुक देखाउने दुईजना पक्राउ

कपिलबस्तु । कपिलबस्तुमा सँगै मदिरा सेवन गरेर विवाद हुँदा एकअर्कालाई बन्दुक देखाउने दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बुद्धभूमि नगरपालिका १ बिरपुरका बलबहादुर बस्नेत र राजाराम बस्नेत रहेका छन् ।
सँगै मदिरा सेवन गरेर आपसमा विवाद भएपछि दुवैले भरुवा बन्दुक देखाएको प्रहरीले जनाएको छ । अनुमतिविना घरमा राखिएका दुई थान भरुवा बन्दुक बरामद गरिएको र उनीहरुलाई हातहतियार तथा खरखजना अन्र्तगत मुद्दा दर्ता गरि थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस