तोडफोड भएको पसलकी साहुनीलाई गृहमन्त्रीको फोन, क्षतिपूर्ति दिने आश्वासन

सफल खबर संवाददाता

मंगलबार, १० फागुन २०७८, २१ : ५४
तोडफोड भएको पसलकी साहुनीलाई गृहमन्त्रीको फोन, क्षतिपूर्ति दिने आश्वासन

काठमाडौँ ।  प्रहरी लुकाएको भन्दै आन्दोलनकारीले सटर तोडफोड गरेको बुद्धनगरस्थित बुटिकका सञ्चालक जानकी श्रेष्ठलाई गृहमन्त्री बालकृष्ण खाँणले फोन गरेर क्षतिपूर्ति दिने आश्वास दिएका छन् । 

मंगलबार गृहमन्त्री खाँणले फोन गरी पसलको अवस्थाबारे बुझेका थिए। साथै उनले तोडफोडबाट भएको क्षतिको क्षतिपुर्ति सरकारले दिने आश्वासन समेत दिए । ‘तपाईको साथमा सरकार छ’ गृहमन्त्रीले व्यवसायी श्रेष्ठसँग  भने,‘पसलमा के कति क्षति पुगेको छ, त्यसको सम्पूर्ण क्षतिपुर्ति सरकारले व्यहोर्छ।’

जानकीले पुलिस भित्र छिरेपछि आन्दोलनकारीले सटर खोलेर सिसा फुटाउन थालेपछि पछाडितर्फको गोदाममा लगेर लुकाएकी थिइन्। उनले ६ प्रहरीलाई आफूले लुकाएर बचाएको जानकारी दिइन्।

प्रतिक्रिया दिनुहोस