यूएईसँग नेपाल पराजित, विश्वकप खेल्ने नेपालको सपना अधुरै

सफल खबर संवाददाता

मंगलबार, १० फागुन २०७८, १८ : ५८
यूएईसँग नेपाल पराजित, विश्वकप खेल्ने नेपालको सपना अधुरै

काठमाडौं । यूएईसँग पराजित हुँदै नेपालको टी२० विश्वकप खेल्ने नेपालको सपना चकनाचुर भएको छ । टी२० विश्वकप छनोटको सेमिफाइनलमा नेपाल ६८ रनले पराजित भएको हो । यसअघि नेपाल पहिलो पटक सन् २०१४ मा बंगलादेशमा भएको विश्वकपमा छनोट भएको थियो ।

यूएईले प्रस्तुत गरेको १७६ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल मात्र १ सय ७ रनमा अलआउट हुन पुग्यो । नेपालका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ३८ तथा ज्ञानेन्द्र मल्लले २० रन बनाए ।

आरिफ शेखले ११ रन बनाउँदा अरू कसैले दोहोरो अंकमा रन जोड्न सकेनन् । यूएईका लागि अहमद राजाले ५ विकेट तथा जुनैद सिद्धिकीले ३ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस