एजेन्सी । बिखन्डनकारीको नियन्त्रणमा रहेका पूर्वी युक्रेनका दुई राज्यलाई मान्यता दिने रुसी कदमको राष्ट्रसंघका महासचिव एन्टोनियो गुट्रेसले निन्दा गरेका छन् । रुसी कदमले किभको सार्वभौमसत्तामाथि उल्लंघन गरेको गुट्रेसले बताएका छन् ।
‘महासचिवले रुसी संघको निर्णयलाई युक्रेनको क्षेत्रीय अखण्डता र सार्वभौमसत्ताको उल्लङ्घन राष्ट्र संघको बडापत्रका सिद्धान्तहरूसँग असंगत भएको मान्नुहुन्छ,’ महासचिवका प्रवक्ताले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
रुसी कदमको अमेरिकाले बकबास भन्दै त्यसको निन्दा गरेको छ । ‘रुसले पूर्वी युक्रेनमा शान्ति स्थापनाको अभियान भनेको ‘बकवास’ हो । मस्कोले विखण्डित क्षेत्रहरूलाई स्वतन्त्र रूपमा मान्यता दिनु युद्ध बहानाको एउटा अंश हो,’ राष्ट्रसंघका लागि अमेरिकी दूत लिन्डा थोमस–ग्रीनफिल्डले भनेकी छिन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, १० फागुन २०७८, ११ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
युक्रेनको विश्वविद्यालयमा भएको रुसी आक्रमणमा ३४ जनाको मृत्यु
युक्रेनबारे ट्रम्पका विशेष दूत र पुटिनबीच ४ घण्टा भेटवार्ता
युक्रेनमा रुसी ड्रोन आक्रमण, चार जनाको मृत्यु
रुसी पत्रकारसहित ६ जनाको मृत्यु
रुस र युक्रेनबीच लगातार आक्रमण र प्रत्याक्रमण हुन थालेपछि शान्ति वार्ता सफल हुनेमा आशंका
युक्रेनले तेल भण्डारणमा आक्रमण गरेको रुसको आरोप