काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मिलिनियम च्यालेञ्ज करपोरेशन (एमसीसी) पास गर्नेबारेमा आफूहरुको सहमति नभएको बताएका छन् ।
उनले एमसीसी पारित गरे सरकार 'जे हुन्छ हुन्छ' भन्ने प्रतिक्रिया जनाए । आइतबार प्रतिनिधि सभामा एमसीसी टेबल भएको छ ।
अध्यक्ष नेपालसहित आइतबार बसेको सत्ता गठबन्धनको बैठकमा एमसीसी टेबल गर्ने सहमति जुताएको थियो । तर पास गर्ने सहमति नभएको नेता नेपालको भनाइ भनाइ छ ।
माधव नेपालसहितको आइतबार बिहान बसेको सत्ता गठबन्धनको बैठकले एमसीसी टेबल गर्ने विषयमा सहमति जुटाएको थियो। उनले भने 'एमसीसी पास गर्ने कुरामा हाम्रो समर्थन छैन । सरकार जे हुन्छ, हुन्छ ।'
हिजो बसेको नेकपा एसको स्थायी समिति बैठकले यथास्थितिमा पास गर्न नसकिने बताउँदै संसदमा लैजान अवरोध नगर्ने निर्णय गरेसँगै सरकारले संसदमा एमसीसी टेबल गरेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०८ फागुन २०७८, १८ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमसीसी सबस्टेसन ठेक्का अन्तिम चरणमा
एमसीसीकाे पहिलाे ठेक्का भारतीय कम्पनीलाई, ३९ महिनाभित्र न्यु-बुटवल सबस्टेसन निर्माण हुने
एमसीसीविरुद्धको रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार