काठमाडौं । एमसीसीका विषयमा छलफल गर्न सत्ता गठबन्धनका शीर्ष नेताहरु बालुवाटार पुगेका छन् । आज बस्ने प्रतिनिधि सभा बैठक अघि नेताहरु एमसीसीमा सहमति खोज्न अन्तिम कसरतमा लागेका हुन् ।
हिजो बेलुका बसेको गठबन्धनको बैठकमा एमसीसीको निकासबारे कुनै सहमति नजुटेपछि पुनस् शीर्ष नेताहरु अहिले छलफलमा जुटेका हुन् । छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवा,माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव लगायत छन् । छलफल केही बेरअघिबाट सुरु भएको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए।
प्रधानमन्त्री शेरबहादुर देउवा आजको प्रतिनिधि सभामा एमसीसी टेबल गरेरै छाड्ने पक्षमा छन् भने नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल संशोधन विना अघि बढाउन नहुने अडानमा छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०६ फागुन २०७८, १० : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बालुवाटारमा मन्त्रिपरिषद्को बैठक सुरु
बालुवाटारको छलफल निष्कर्षविहिन, कांग्रेसको अडान कायमै
सदनको अवरोध खुलाउन बालुवाटारमा सभामुखसहित तीन दलसँग प्रधानमन्त्रीको छलफल
बालुवाटारमा सत्ता गठबन्धन बैठक जारी
बालुवाटारमा प्रचण्ड, देउवा र ओलीबीच भेटवार्ता
बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र नेता खनालबीच भेटवार्ता