काठमाडौंको कलंकीमा एकाबिहानै विष्फोटक पदार्थ फेला, सेनाको डिस्पोजल टोलीले निष्क्रिय बनाउँदै

सफल खबर संवाददाता

शुक्रबार, ०६ फागुन २०७८, ०८ : ३६
काठमाडौंको कलंकीमा एकाबिहानै विष्फोटक पदार्थ फेला, सेनाको डिस्पोजल टोलीले निष्क्रिय बनाउँदै

काठमाडौं । काठमाडौंको ढुंगेअड्डामा शंकास्पद वस्तु फेला परेको छ ।  सडक पेटीमा भेटिएका दुईवटा वस्तु कुकर बम रहेको आशंका गरिएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार कालिका पेट्रोल पम्प नजिक शंकास्पद वस्तु भेटिएको हो । सेनाको बम डिस्पोजल टोली घटनास्थल पुगेको छ । बिहानै सडकमा केही शंकास्पद बस्तु देखेपछि सो क्षेत्रमा सवारी आवागमन बन्द गरिएको छ ।

प्रतिक्रिया दिनुहोस