काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११९ रुपैयाँ ८२ पैसा र बिक्री दर १२० रुपैयाँ ४२ पैसा कायम गरेको छ ।
युरोपियन यूरो एकको खरिद दर १३६ रुपैयाँ ३७ पैसा र बिक्री दर १३७ रुपैयाँ पाँच पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६२ रुपैयाँ ४९ पैसा र बिक्री दर १६३ रुपैयाँ ३१ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर १२९ रुपैयाँ ५९ पैसा र बिक्री दर १३० रुपैयाँ २४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
अष्ट्रेलियन डलर एकको खरिद दर ८५ रुपैयाँ ९३ पैसा र बिक्री दर ८६ रुपैयाँ ३७ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९४ रुपैयाँ ४९ पैसा रहेको छ भने बिक्री दर ९४ रुपैयाँ ९६ पैसा छ ।
जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ ३६ पैसा र बिक्री दर १० रुपैयाँ ४१ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ९० पैसा र बिक्री दर १९ रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ ।
साउदी अरबियन रियाल एकको खरिर दर ३१ रुपैयाँ ९३ पैसा र बिक्री दर ३२ रुपैयाँ नौ पैसा छ भने कतारी रियाल एकको खरिद दर ३२ रुपैयाँ ९१पैसा र बिक्री दर ३३ रुपैयाँ सात पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।
मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ६३ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ७७ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर १० रुपैयाँ र बिक्री दर १० रुपैयाँ पाँच पैसा कायम भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०५ फागुन २०७८, ११ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति?
आजका लागि विदेशी मुद्राको विनिमय दर
आजको लागि विदेशी मुद्राको विनिमय दर
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर