देउवा र प्रचण्डबीच छलफल, आज संसदमा एमसीसी टेबल नहुने

गठबन्धनको बैठक भोलि बस्ने

सफल खबर संवाददाता

बुधबार, ०४ फागुन २०७८, १२ : ३४
देउवा र प्रचण्डबीच छलफल, आज संसदमा एमसीसी टेबल नहुने

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा एमसीसी टेबल नगर्न सत्तारुढ गठबन्धनमा सहमति जुटेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफलमा एमसीसीबारे गठबन्धनभित्र निर्णायक छलफल गर्ने सहमति भएको बताइएको छ ।

‘आज एमसीसी टेबल नगर्ने , भोलि गठबन्धनको बैठक बस्ने र सहमतिका लागि अधिकतम पहल गर्ने निर्णय भएको छ’, बालुवाटारनिकट स्रोतले बतायो ।एमसीसीबारे छलफल गर्न विहीबार दिउँसो ३ बजे गठबन्धनका शीर्ष नेताहरूको बैठक बस्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस