सर्वोच्चका न्यायाधीशविरुद्ध एमालेले महाअभियोग प्रस्ताव ल्याउन मिल्दैन : रामचन्द्र पौडेल

सफल खबर संवाददाता

सोमबार, ०२ फागुन २०७८, १५ : २६
सर्वोच्चका न्यायाधीशविरुद्ध एमालेले महाअभियोग प्रस्ताव ल्याउन मिल्दैन : रामचन्द्र पौडेल

काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सर्वोच्च अदालतका चार न्यायाधीशविरुद्ध प्रमुख प्रतिपक्ष दल एमालेले महाअभियोग प्रस्ताव ल्याउन नमिल्ने टिप्पणी गरेका छन् ।

सत्तारुढ प्रमुख घटक काँग्रेसका वरिष्ठ नेता पौडेलले एमालेले संसद पुनःस्थापनाको मुद्दामा आफूलाई हराएवापत् सर्वोच्च अदालतको निर्णय विपरीत सो महाअभियोग प्रस्ताव ल्याउन नमिल्ने तर्क गरेका हुन् ।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले सर्वोच्च अदालतको निर्णय अन्तिम हुने र त्यसलाई चुनौति दिनेगरी एमालेले कुनै पनि न्यायाधीशविरुद्ध संसदमा महाअभियोग प्रस्ताव ल्याउन नमिल्ने बताए ।

वरिष्ठ नेता पौडेलले सो प्रस्ताव एमालेले ल्याए सभामुख अग्नीप्रसाद सापकोटाले संसदबाट अस्विकार गरिदिने दाबीसमेत गरे । संसद विघटनको मुद्दामा आफू हार्ने अनि सर्वोच्चका न्यायाधीशविरुद्ध महाअभियोग लगाउने कुरा सरासर गलत हुने उनको भनाई थियो ।