आयरल्याण्ड विरुद्ध सिरिजको अन्तिम खेल खेल्दै नेपाल

सफल खबर संवाददाता

सोमबार, ०२ फागुन २०७८, १५ : १६
आयरल्याण्ड विरुद्ध सिरिजको अन्तिम खेल खेल्दै नेपाल

काठमाडौं ।  नेपालले ४ देश सम्मिलित टी–२० आई सिरिज अन्तर्गत अन्तिम खेल सोमबार टेस्ट टोली आयरल्याण्डसँग खेल्दै छ ।

खेल नेपाली समय अनुसार अपरान्ह पौने ४ बजे अल अमरेत क्रिकेट मैदानमा सुरु हुँदैछ । नेपालले पहिलो खेलमा ओमानलाई ६ विकेटले पराजित गरेकोथियो । युएईसँग २५ रनले पराजित भएकोथियो ।

आयरल्यान्डले ओमानलाई ९ विकेटले हराउँदा युएईसँग १३ रनले स्तब्ध बनेकोथियो ।आयरल्यान्डसँगको खेलसँगै नेपालको आइसिसी टी २० विश्वकप ग्लोबल छनोट ए को लागि सम्पूर्ण तयारी पूरा हुनेछ ।

प्रतिक्रिया दिनुहोस