काठमाडौं । चार देशीय महिला टी–ट्वान्टी क्रिकेट सिरिजमा आज नेपाल र नामिबियाबीच प्रतिस्पर्धा हुँदैछ ।
खेल युगाण्डाको एन्टेब्बे क्रिकेट ओभलमा नेपाली समय अनुसार दिउँसो पौने १ बजे सुरु हुनेछ ।
जारी सिरिजमा नेपालले तीन खेलमध्ये एकमा जित र दुईमा हार बेहोरेको छ । नेपालले आयोजक युगाण्डालाई हराएको थियो भने नामिबिया र हङकङसँग पराजित भएको थियो । यस्तै, नामिबियाले पनि एकमा जित र दुईमा हार बेहोरेको छ ।
नेपालले अर्को खेल बिहीबार युगाण्डासँग र चैत १ गते हङकङविरुद्ध खेल्ने तालिका छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २८ फागुन २०८१, ०८ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आयरल्याण्ड ए विरुद्ध नेपाल ए का सागर ढकालले लिए ३ विकेट