काठमाडौं । चितवनको राप्ती नगरपालीका–६ हर्दी चोकमा शनिबार बेलुकी दुई ओटा मोटरसाइकल आपसमा ठोकिदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् ।
टाँडीबाट भण्डारा तर्फ जाँदै गरेको ना ६० प ३७८१ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेका ना ९ प ९६६२ नम्बरको मोटरसाइकल शनिबार बेलुकी ७ बजे ठोकिएका थिए ।
घाइते भएका दुवै मोटरसाइकल चालकलाई उपचारको लागि कलेज अफ मेडिकल साइन्स अस्पताल भरतपुर पठाइएको थियो । उपचारको क्रममा ९६६२ नम्बरका मोटरसाइकल चालक चितवनको खैरहनी नगरपालीका–७ का ४५ बर्षीय कमल चौधरीको शनिबार राती ९ बजे मृत्यु भएको हो ।
अर्का मोटरसाइकल चालक राप्ती नगरपालीका–६ का २९ बर्षीय सन्तोष भण्डारीको अवस्था भने सामान्य रहेको अस्पताल श्रोतले जनाएको छ । भण्डारीले मदिरा सेवन गरी मोटरसाइकल चलाएको खुल्न आएको इलाका प्रहरी कार्यालय भण्डाराले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०१ फागुन २०७८, ११ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
फागुन २ गते त्रिशुलीमा खसेका रोहितको शव भेटियो
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एकजना गम्भीर घाइते
नवलपरासीमा मोटरसाइकल दुर्घटना, एक युवकको मृत्यु
नवलपरासीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु
रुकुम पश्चिममा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
चन्द्रागिरीमा मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु