मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एकजना गम्भीर घाइते

सफल खबर संवाददाता

शुक्रबार, ०२ फागुन २०८१, १२ : ५०
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एकजना गम्भीर घाइते

चितवन। भरतपुर महानगरपालिका वडा नं १०, विशाल चोकनजिकैको भित्री सडक छेउमा राखिएको गमलामा ठोक्किएर ना ६४ प ५९३८ नम्बरको मोेटरसाइकल दुर्घटना भएको छ । दुर्घटनामा एक युवकको ज्यान गएको छ भने अर्काे एकजना युवक गम्भीर घाइते भएका छन् ।

मोटरसाइकल दुर्घटनामा चालकको ज्यान गएको हो । उनी पर्सा विरगन्ज घर भइ हाल भरतपुर महानगरपालिका–१० पुरानो मेडिकल कलेजअगाडि डेरा गरी बस्ने २८ वर्षीय प्रतीक श्रीवास्तव हुन।

दुर्घटनामा मोटरसाइकलपछाडि सवार भरतपुर–१०, हाकिम चोक बस्ने २९ वर्षीय विवेक चापागाईं गम्भीर घाइते भएका छन् ।दुवै जनालाई भरतपुर सरकारी अस्पतालमा लगिएको थियो । घाइते चापागाईंको भरतपुर सरकारी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।