युएईविरुद्ध टस जितेर फिल्डिङ गर्दै नेपाल

सफल खबर संवाददाता

शनिबार, २९ माघ २०७८, ११ : ५४
युएईविरुद्ध टस जितेर फिल्डिङ गर्दै नेपाल

काठमाडौं । आईसीसी टी–२० विश्वकपको तयारीस्वरुप आयोजित चारदेशीय सिरिजको आफ्नो दोस्रो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई) विरुद्ध टस जितेर पहिला फिल्डीङ रोजेको छ ।

ओमानको मस्कटस्थित अल अमेरत क्रिकेट स्टडियममा १ः४५ मा सुरु हुने खेलका लागि नेपालले टोलीमा तीन परिवर्तन गरेको छ । अविनास बोहरा, सागर ढकाल र प्रदिप एरिलाई बेन्चमा राख्दै लोकेश बम, साहब अलाम र जितेन्द्र मुखियालाई मौका दिइएको छ ।

पहिलो खेलमा नेपालले ओमानलाई ६ विकेटले पराजित गरेको थियो । अन्तिम खेलमा नेपालले आयरल्यान्डसँग सोमबार प्रतिस्पर्धा गर्नेछ ।