केरुङ-काठमण्डौँ रेलमार्ग सम्झौता

शुरु भयो केरुङदेखि काठमाण्डौँसम्म आउने रेलमार्गको काम

आइतबार, २३ बैशाख २०७५, १६ : ४९
शुरु भयो केरुङदेखि काठमाण्डौँसम्म आउने रेलमार्गको काम

काठमाडौं । केरुङ देखि काठमण्डौँ जोड्ने रेलमार्गको कार्यलाई तिव्रता दिईएको छ । रेलमार्ग निर्माणका लागि प्रारम्भिक सम्भाब्यता अध्ययन गरि यहि भदौ १५ गते रिपोर्ट आउने बताईएको छ । सम्भाब्यता अध्ययनका लागि चिनियाँ कम्पनी चाइना रेल्वे फर्स्ट सर्भे एन्ड डिजाइन इन्स्टिच्युटले काम गर्ने छ ।

यसबारेमा छलफल गर्न चीन पुगेको यातायात सचिव मधुसदन अधिकारी नेतृत्वको नेपाली प्रनिनिधि मण्डल सम्भाब्यता अध्ययन अघि बढाइहाल्ने सम्झौता गरेर फर्किएको छ । प्रतिनिधि मण्डलका सदस्य रेल विभागका प्रवक्ता प्रकाश उपाध्यायले सुरुमा आउने प्रतिवेदनले कसरी अघि बढ्ने भन्ने मार्ग्निर्देश गर्ने बताए । भौगोलिक कठिनाइहरु पनि यसले पत्ता लगाउनेछ । यो अध्ययनका लागि आवश्यक पर्ने खर्च चिनियाँ पक्षले नै ब्यहोर्नेछ ।

यसअघि चिनियाँ टोलीले केरुङ-काठमाडौं, काठमाडौं-पोखरा र काठमाडौं-लुम्बिनी रेलमार्ग निर्माण सम्भव रहेको बताइसकेको छ । चीनले सन् २००६मै ११ सय किमि लामो रेलमार्ग तिब्बतको राजधानी ल्हासासम्म ल्याएको थियो । हाल ल्हासा-सिगात्से रेलमार्ग निर्माणाधीन छ । त्यसलाई नेपाल सीमाको केरुङसम्म विस्तारको काम पनि भइरहेको छ । उक्त मार्गलाई काठमाडौंसम्म जोड्ने योजना छ ।

 

प्रतिक्रिया दिनुहोस