काठमाडौँ । नागरिक अगुवाहरूले सभामुख अग्निप्रसाद सापकोटाका विषयमा यथोचित निर्णय गर्न अपिल गरेका छन् ।
सापकोटाले सभामुख पदमा बसेर निष्पक्ष र निर्विवाद भूमिका निर्वाह नगरेको, संविधान र कानुनका व्यवस्थाभन्दा बाहिरबाट कार्यकारी अधिकारको अभ्यास गर्न खोजेको, सरकारले प्रतिनिधिसभालाई सुम्पेको विधेयक सदनमा पेस गर्नबाट दुई वर्षभन्दा बढी समयसम्म रोक्ने कार्य गैरसंवैधानिक अभ्यास गरेको र दलहरूप्रति पूर्वाग्रह राखेको भन्दै १४ जना नागरिक अगुवाले संयुक्त विज्ञप्ति जारी गर्दै यथोचित निर्णय लिई हटाउन माग गरेका हुन् ।
‘प्रमुख राजनीतिक दलहरूले अग्नि सापकोटाका गतिविधिका सन्दर्भमा यथोचित निर्णय लिई संसदीय प्रणालीका मूल्य मान्यताको रक्षा गर्न तत्काल अग्रसरता लिनुपर्दछ’ विज्ञप्तिमा भनिएको छ, ‘यसका लागि नागरिक खबरदारी निरन्तर जारी राख्नुपर्दछ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २५ माघ २०७८, २१ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सहिदको बलिदानलाई सम्मान गर्नु नै सच्चा श्रद्धाञ्जली :सभामुख घिमिरे
सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक
सभामुख र प्रमुख राजनीति दलका मुख्य र प्रमुख सचेतकबिच छलफल सुरु
सभामुख घिमिरेले आज दलका प्रमुख सचेतकहरूसँग छलफल गर्दै
सरकार संसदबाट तर्किएर हिँडिरहेको छ : सभामुख घिमिरे
पर्वहरूले सबै धर्मावलम्बीलाई एकतामा बाँध्ने सेतुको काम गरेका छन् : सभामुख घिमिरे