यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णहरु (निर्णयहरूसहित)

सफल खबर संवाददाता

मंगलबार, २५ माघ २०७८, १५ : ३५
यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णहरु (निर्णयहरूसहित)

काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले स्थानीय तह निर्वाचन २०७९ वैशाख ३० गते गर्ने निर्णय गरेको छ ।

निर्वाचन आयोगसँगको परामर्शपछि मन्त्रिपरिषदले निर्वाचनको मिति तय गरेको हो । स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ४ को उपदफा १ अनुसार निर्वाचनको मिति तय भएको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले बताए ।

सरकारले धितोपत्र दर्ता तथा निष्काशन पाँचौ संशोधन नियमावली २०७८ स्वीकृत गर्ने निर्णय गरेको छ ।यस्तै राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण पहिलो संशोधन नियमावली २०८ र डिजिटल प्रणालीबाट नापनक्सा तथा जग्गा प्रशासनसम्बन्धि सेवा प्रवाह निर्देशिका २०७८ स्वीकृत गर्ने निर्णय पनि सरकारले गरेको छ ।

यस्तै बैठकले बर्ड फ्लु नियन्त्रण गर्न मोरङ जिल्लाको विराटनगर महानगरपालिका १८ हिमालय कृषि मार्फलाई केन्द्रमानेर वर्ड फ्लु रोग प्रभावित क्षेत्र घोषणा गर्ने निर्णय पनि गरेको हो ।

 

प्रतिक्रिया दिनुहोस