मन्त्रीपरिषदको बैठक : बर्डफ्लु  नियन्त्रण गर्न संकटग्रस्त क्षेत्र घोषणा

सफल खबर संवाददाता

सोमबार, २४ माघ २०७८, १९ : ४९
मन्त्रीपरिषदको बैठक : बर्डफ्लु  नियन्त्रण गर्न संकटग्रस्त क्षेत्र घोषणा

मोरङ । मोरङका दुई वडामा आज बसेको मन्त्री परिषदको बैठकले बर्डफ्लु  नियन्त्रण गर्न संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।
गत माघ १६ गते मोरङको ग्राथान–१ खुनियाकट्टा र बूढीगंगा–५ मा रहेका ५ वटा  फार्ममा बर्डफ्लु भएको पुष्टि भएको थियो ।

बर्डफ्लु  रोकथामका लागि आज बसेको मन्त्रीपरिषदको बैठकले संकट ग्रस्त क्षेत्र घोषणा गरेको भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र मोरङका प्रमुख डा सुशिल अधिकारीले बताए ।

उनका अनुसार संकट ग्रस्त क्षेत्र घोषणा गरेपछि बर्डफ्लु भेटिएका फर्म को ५० मिटर वरीपरि ४५ दिन सम्म कुनै पनि पक्षी पाल्न पाइदैन । गणेश कृषि फाम,पदम श्री बहुउद्देश्य कृषि फार्म, काव्य कृषि फार्म, राष एग्रोभेट फार्म लगायतका ५ वटा फार्ममा बर्डफ्लु भेटिएको डा अधिकारीले बताए । ति फार्मका करीव ४५ सय कुखुरा नष्ट गरीएको उनले बताए । केहि फार्मका कुखुराको परिक्षण भइरहेको समेत उनले बताए । 

प्रतिक्रिया दिनुहोस