कस्तो रहला आज दिनभरको मौसम ?

सफल खबर संवाददाता

सोमबार, २४ माघ २०७८, ०७ : ४५
कस्तो रहला आज दिनभरको मौसम ?

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले सोमबार बिहान देशको पहाडी भूभागमा आंशिक देखि समान्य बदली रहेको जनाएको छ ।

दिउँसो पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । यस्तै प्रदेश नं १ को पहाडी भूभागको एक वा दुई स्थानमा हल्का वर्षा को सम्भावना देखिएको पनि महाशाखाले जनाएको छ । 

यस्तै राति प्रदेश नं १, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहि अन्य प्रदेशमा मौसम आंशिक बदली रहनेछ। यस्तै प्रदेश नं १ को पहाडी भूभागको एक वा दूई स्थानमा हल्का वर्षा को सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस