रात्रिकालीन व्यवसाय सञ्चालन गर्न छुट

सफल खबर संवाददाता

आइतबार, २३ माघ २०७८, २० : ५५
रात्रिकालीन व्यवसाय सञ्चालन गर्न छुट

काठमाडौं । सरकारले डान्सबारलगायतका रात्रिकालीन व्यवसाय सञ्चालन गर्न दिने तयारी गरेको छ ।

आइतबार बसेको सीसीएमसीसीको बैठकले डान्सबारलगायतका रात्रिकालीन व्यवसाय सञ्चालन खुलाउन गृह मन्त्रालयलाई सिफारिस गर्ने निर्णय भएको सीसीएमसीकी प्रवक्ता सुनिता नेपालले जानकारी दिइन् । 

‘रात्रिकालीन व्यवसाय, सिनेमा हल, क्लबहरु, जिमखानालगायतका व्यवसाय स्वास्थ्य मापदण्ड अपनाएर फागुन १ गतेदेखि राति १० बजेसम्म खोल्न पाउनेगरी सिफारिस भएको छ’, उनले भनिन् । 
 

प्रतिक्रिया दिनुहोस