तीन दलको बैठकमा एमालेको बटमलाइन : सभामुखको मार्गप्रशस्त, त्यसपछि सदन सञ्चालन

सफल खबर संवाददाता

आइतबार, २३ माघ २०७८, २० : ४२
तीन दलको बैठकमा एमालेको बटमलाइन : सभामुखको मार्गप्रशस्त, त्यसपछि सदन सञ्चालन

काठमाडौं । नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटाको बहिर्गमनलाई बटमलाइन बनाएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको तीन दलको बैठकमा प्रमुख प्रतिपक्षी दल एमालेले सभामुखको बहिर्गमनलाई मुख्य एजेण्डा बनाएको हो । 

सभामुखको भूमिकाका कारण प्रतिनिधिसभामा उपस्थित हुन भएको बैठकमा एमालेले बताएको थियो । आफूहरुको माग सम्बोधन नभएसम्म प्रतिनिधिसभा बैठक चल्न नसक्ने पनि एमालेले स्पष्ट गरेको छ ।

‘ हामी फेरि पनि सत्ता पक्षलाई आग्रह गर्न चाहन्छौँ । हाम्रो मुद्दाहरुलाई सम्बोधन गरोस् । १४ जना गैरसांसदलाई प्रतिनिधिसभामा नराख्न हामीले बैठकमा भनेका छौँ’, बैठकपछि एमाले महासचिव शंकर पोखरेलले संवाददाताहरुलाई भने, ‘सांसदहरु बाट मात्रै प्रतिनिधि चल्न सक्छ । दलले कारबाही गरेको कुरालाई सभामुखले मान्नुपर्छ हैन भने मार्ग प्रशस्त्र गर्नुपर्छ भनेर हामीले राखेका छौँ ।’

प्रतिपक्षीको माग र चासोको सन्दर्भमा प्रधानमन्त्रीसहितले छलफलबाट समाधानको पहल थाल्नु भने सकारात्मक भएको एमालेले जनाएको छ ।