उपत्यकामा जोर-बिजोर प्रणाली हटाउन सीसीएमसीको सिफारिस

सफल खबर संवाददाता

आइतबार, २३ माघ २०७८, १५ : २८
उपत्यकामा जोर-बिजोर प्रणाली हटाउन सीसीएमसीको सिफारिस

काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले उपत्यकामा निजी सवारी तथा ट्याक्सीमाथि लगाइएको जोर-बिजोर प्रणाली हटाउन सिफारिस गरेको छ ।

आज बसेको सिसीएमसीको बैठकले निजी सवारी र ट्याक्सीमाथि लगाइएको जोर–बिजोर हटाउन सिफारिस गरेको हो।बैठकले फागुन १ गतेदेखि विद्यालय सञ्चालन गर्न दिने निर्णय पनि गरेको छ ।

माघ मसान्तसम्म बन्द गरिएको विद्यालयमा माघ १५ देखि २० सम्म विद्यार्थीलाई खोप लगाउन विद्यालय खुला गरिएको थियो तर, पठनपाठन बन्द गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस