कस्तो रहला आजको मौसम ?

सफल खबर संवाददाता

आइतबार, २३ माघ २०७८, ०८ : ०५
कस्तो रहला आजको मौसम ?

काठमाडौं । शुक्रबारदेखि भएको वर्षापछि प्रतिकुल बनेको मौसम खुल्न थालेको छ । आइतबार देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

यद्यपि अझै पनि देशमा पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव रहेको छ । महाशाखाका अनुसार आइतबार बिहान देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ । तराई भूभागका केही स्थानमा हुसु तथा कुहिरो लागेको छ।

दिउँसो भने देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।  यस्तै राति प्रदेश १ र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रहि बाँकी भूभागमा मौसम आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने महाशाखाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस