प्युठान दुर्घटना : मृतक आठ जनाकै पहिचान खुल्यो, बेहुला-बेहुली घाइते

सफल खबर संवाददाता

शनिबार, २२ माघ २०७८, ११ : ४८
प्युठान दुर्घटना : मृतक आठ जनाकै पहिचान खुल्यो, बेहुला-बेहुली घाइते

काठमाडौँ । प्युठानमा बेहुली लिएर फर्किंदै गरेको जिप दुर्घटना हुँदा ज्यान गुमाउने ८ जनाकै पहिचान खुलेको छ । 

जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार नौबहिनी गाउँपालिकाको लुङबाट बेहुली लिएर गौमुखी गाउँपालिकाको लिवाङ फर्कँदै गरेको ग १ ज ५०९२ नम्बरको जीप शनिबार बिहान गौमुखी-६ ओखरपाटामा दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको हो । 

मृत्यु हुनेहरूमा एकउटै परिवारका ३९ वर्षीय वसन्त खड्का, उनकी श्रीमती ३९ वर्षीया वसन्ती खड्का र १३ वर्षीया छोरी एलिसा खड्का छन् । त्यस्तै, ५० वर्षीय नन्दी खड्का, ३० वर्षीया केशरी खड्का, ५० वर्षीय बलबहादुर खड्का, ३२ वर्षीय खिमबहादुर खत्री, र १८ वर्षीया विपना जिसी रहेका छन् । 

दुर्घटनामा ६ जनाको घटनास्थल र दुई जनाको विजुवार जिल्ला अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो । जिप सडकदेखि ३०० मिटर तल खोल्सामा खसेको थियो ।

दुर्घटनामा घाइते भएका बेहुला २५ वर्षीय दानबहादुर खड्का र बेहुली १९ वर्षीया रीमा जिसीसहित पाँच जनाको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको छ । हाल गम्भीर घाइते बेहुलीसहित तीन जनालाई भने बुटवल रेफर गरिएको छ।

 

प्रतिक्रिया दिनुहोस