उखुबारी हत्या प्रकरणमा थप दुई जना पक्राउ

सफल खबर संवाददाता

शुक्रबार, २१ माघ २०७८, २० : २९
उखुबारी हत्या प्रकरणमा थप दुई जना पक्राउ

काठमाडौँ । उखुबारी हत्या प्रकरणमा मोरङ प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ । अहिले उनीहरूसँग सोधपुछ भइरहेको प्रहरी प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए । अनुसन्धानकै क्रममा रहेकाले प्रहरीले नाम भने खुलाएको छैन। 

यसअघि प्रहरीले सिरहा नगरपालिका– २१ घर भई काठमाडौंको बल्खु बस्दै आएका ३१ वर्षीय अनिल मण्डल, मोरङको जहदा गाउँपालिका–४ सिस्बनीका २९ वर्षीय अमित भन्ने दिनानाथ साह र धनपालथान गाउँपालिका– ७ कमलपुर पश्चिमटोलका ६२ वर्षीय नासिर आलमलाई पक्राउ गरी सार्वजनिक गरेको थियो । 

जग्गा कारोबारको कमिसनमा कुरा नमिल्दा ३ जनाको हत्या भएको रहस्य खुलेको छ । मोरङको धनपालथान गाउँपालिका–७ स्थित उखुबारीमा माघ १२ र १३ गते प्रहरीले २ जनाको शव उत्खनन गरेर निकालेको थियो । उखुबारीबाट माघ १२ गते सप्तरीको शम्भुनाथ नगरपालिका– ४ का ३२ वर्षीय शम्भुकुमार चौधरी र माघ १३ गते सुनसरीको धरान उपमहानगरपालिका– ३ घर भई भक्तपुर बस्दै आएका ४८ वर्षीय राजेन्द्रकुमार श्रेष्ठको शव भेटिएको थियो ।

प्रतिक्रिया दिनुहोस