जनकपुरधाम । बिहीबार रातिदेखि आएको हावाहुरीमा परेर मधेश प्रदेशमका तीन जनाको मृत्यु भएको छ । हावाहुरीले रूख ढल्दा धनुषामा दुई बच्चा र रौतहटमा एक घर खस्दा एक महिलाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ ।
धनुषाको सबैला नगरपालिका-१२ स्थित फकिरचन्द उच्च माविको प्राङ्गणमा रहेको रूख ढल्दा ८ वर्षीया प्रतिमा कुमारी सदा र ७ वर्षिय अरबन्दी सदाको मृत्यु भएको धनुषाका एसपी वसन्त रजौरेले बताए ।
त्यसैगरि रौतहटको बौधीमाई नगरपालिका-१ स्थित इँटाको घर खस्दा ४५ वर्षीया फुलमतीया देवीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । मधेश प्रदेशका विभिन्न जिल्लमा बिहीबार रातिदेखि नै हावाहुरी आएको छ भने शुक्रबार दिउँसो देखि वर्षा समेत भईरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २१ माघ २०७८, १७ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हावाहुण्डरीले टीकापुरमा ३ दिनमा २ जनाको मृत्यु
तनहुँमा हावाहुरीले तीन सय ३३ घर गोठमा क्षति
काठमाडौँमा हावाहुरीसहित वर्षा
चितवनसहित काठमाडौंमा भिषण हावाहुरी
हावाहुरी र लम्पी स्किनबाट प्रभावित किसानलाई गाउँपालिकाको राहत