प्रहरी हिरासत कक्षमा पुस्तक हस्तान्तरण

सफल खबर संवाददाता

शुक्रबार, २१ माघ २०७८, १५ : ५४
प्रहरी हिरासत कक्षमा पुस्तक हस्तान्तरण

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनको हिरासत कक्षमा रहेको पुस्तकालयमा आज पुस्तक हस्तान्तरण गरिएको छ । इन्टरनेटको पहुँच नभएका र अनुसन्धानको क्रममा हिरासतमा रहेको व्यक्तिहरुलाई लक्षित गरि कानुनी तथा मानवअधिकार, साहित्य, धर्मसंस्कृती (बेद, भागवत गीता) लगायतका पुस्तकहरु हस्तान्तरण गरिएको हो । जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक ओमप्रकाश अधिकारी र सामुदायिक सेवा केन्द्रकी अध्यक्ष एवं अधिकारकर्मी मीना खरेलले संयुक्त रुपमा विभिन्न विधाका ४सय ५ पुस्तक हस्तान्तरण गरेका हुन ।

हिरासतमा हाल १९ देखि ४५ उमेर समुहका लागुऔषध र सवारी मुद्धाका व्यक्तिहरु रहेका छन्। कानुनी सचेतना संगै पठन शैलीको विकास गराउन जिल्ला प्रहरी कार्यालय र सामुदायिक सेवा केन्द्र नारायणगढले सप्ताहाव्यापी रुपमा पुराना तथा नयाँ पुस्तक संकलन गरेको थियो । भरतपुर र नारायणगढका विभिन्न स्थानमा १ हजार १ सय ७५ पुस्तक संकलन गरिएको थियो ।

हिजो बालअधिकार, बालसाहित्य संग सम्बन्धित ३सय बढी पुस्तक पीटुसीटुमा हस्तान्तरण गरिसकिएको छ । बाँकी रहेको पुस्तकहरु भोली जिल्ला कारागारमा र सामुदायिक सेवा केन्द्र नारायणढमा हस्तान्तरण गरिने जिल्ला प्रहरी कार्यालका प्रहरी निरिक्षक कमला नरालले जानकारी दिईन । हस्तान्तरण समारोहमा डिएसपी नरहरी अधिकारी र जिल्ला पैरवी मञ्चकी अध्यक्ष शकुन्तला ठकुरी लगायतको सहभागिता रहको थियो ।

पुस्तकालयमा पुस्तक राख्न थालिएपछि हिरासतमा रहेकाहरुले यसबाट लाभ लिएका छन् । उनीहरुले आफुअरुलाई कानुुनी ज्ञान, कानुन विपरिताका कार्यहरु गर्न नहुने रहेछ भन्ने महसुस पनि गरिएको बताए । दिनभरी समय विताउन मुस्किल हुने गरेको थियो अहिले पुस्तक पढेर समय विताउछु एक बन्दीले बताए ।

प्रतिक्रिया दिनुहोस