काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको प्रेस सल्लाहकारमा गोविन्द परियार नियुक्त भएका छन् । मन्त्रिपरिषदको पछिल्लो बैठकले उनलाई प्रेस सल्लाहकार नियुक्त गरेको हो ।
नियुक्ति नपाए पनि परियारले बालुवाटारमै बसेर प्रेस विज्ञको काम भने शुरुदेखि नै गरिरहेका थिए । परियार देउवाको अघिल्लो कार्यकालमा पनि प्रधानमन्त्रीको प्रेस विज्ञ नियुक्त भएका थिए ।
मन्त्रिपरिषदको एउटै बैठकले प्रधानमन्त्रीको भाषणविज्ञमा नुवाकोटका किरण गजुरेललाई नियुक्त गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २१ माघ २०७८, १४ : ०६
लेखकबाट थप