रियल म्याड्रिडलाई पराजित गर्दै बिल्वाओ सेमिफाइनलमा

सफल खबर संवाददाता

शुक्रबार, २१ माघ २०७८, १२ : १५
रियल म्याड्रिडलाई पराजित गर्दै बिल्वाओ सेमिफाइनलमा

एजेन्सी । बिल्वाओ स्पेनिस कोपा डेल रेको सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा रियल म्याड्रिडलाई १–० गोल अन्तरले पराजित गर्दै बिल्वओ सेमिफाइनलमा प्रवेश गरेको हो ।

बिल्वाओको जितमा अन्तिम समयमा एलेक्स बेरेनगुएरले गरेको गोल नै निर्णायक बन्यो । उनले ८९औं मिनेटमा मिकेल भेस्गाको पासमा गरेको गोल गरेका थिए । खेलभर रियलले बल पोसेसन राखेपनि गोल गर्न सकेन ।

प्रतिक्रिया दिनुहोस