भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या घट्यो

एजेन्सी

विहीबार, २० माघ २०७८, १३ : ११
भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या घट्यो

काठमाडौं । भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या घटेको छ । बिहीबार कोरोनाबाट १ हजार ८ जनाको मृत्यु भएको छ ।यसअघि बुधबार १ हजार ७३३ जनाको मृत्यु भएको थियो भने मंगलबार ११ सय ९२ जनाको मृत्यु भएको थियो । हालसम्म भारतमा कोरोनाका कारण ४ लाख ९८ हजार ९८३ जनाको मृत्यु भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस्तै, भारतमा पछिल्लो २४ घन्टामा भारतमा १ लाख ७२ हजार ४३३ जना नयाँ संक्रमित देखिएका छन् । बुधबार १ लाख ६१ हजार ३ सय ८६ नयाँ संक्रमित देखिएका थिए । हालसम्म भारतमा कोभिडबाट संक्रमित हुनेको संख्या ४ करोड १८ लाख ३ हजार ३ सय १८ रहेको छ ।

भारतमा पछिल्लो २४ घण्टामा थप २ लाख ५९ हजार १ सय ७ जना कोरोनामुक्त भएका छन् । हालसम्म भारतमा कोभिडबाट निको हुनेको संख्या ३ करोड ९७ लाख ७० हजार ४ सय १४ पुगेको छ ।

भारतमा अहिले १५ लाख ३३ हजार ९ सय २१ जना सक्रिय संक्रमित रहेका छन् ।कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै सरकारले खोप अभियान पनि तीव्र पारेको छ । भारतमा अहिलेसम्म १६७.८७ करोडले पूर्ण खोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस