सोलुखुम्बु । नेपाली कांग्रेस थुलुङ दूधकोशी गाउँपालिका( ७ का वडा सभापति मिलनकुमार राई पक्राउ परेका छन् ।
काठमाडौ जिल्ला अदालतको पक्राउ पूर्जीको आधारमा उनलाई घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरिक्षक ऋषिराज ढकालले जानकारी दिए ।
हातहतियार तथा खरखजनासम्बन्धी कसुरमा अनुसन्धानमा मुद्दा परेपछि राई पक्राउ परेका हुन् ।
हातहतियार खरखजना ऐन २०१९ तथा मुलुकी अपराध संहिता ऐन २०७४ को भाग २ को परिच्छेद ६ अनुसार कसुरदारलाई ३ वर्षसम्म कैद तथा ३० हजारसम्म जरिवाना हुने कानुनी व्यवथा छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २० माघ २०७८, ०८ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इजाजतपत्र नभएका हतियार वैशाख मसान्तभित्र बुझाउन प्रशासनको उर्दी, नबुझाए जफत गरिने