रोम [इटली] । इटालीका राष्ट्रपति सर्जियो माटारेला आठौं चरणको निर्वाचन नतिजा अनुसार दोस्रो कार्यकालका लागि पुनः निर्वाचित भएका छन् । उनको कार्यकाल फेब्रुअरीको शुरुमा सकिँदै छ ।
मतगणना जारी छ तर मटारेल्लाले जितका लागि आवश्यक ५०५ मतको बहुमत प्राप्त गरिसकेका छन्। इटालीका प्रधानमन्त्री मारियो ड्राघी र सत्तारुढ दलका नेताहरूले ८० वर्षीय मटारेलालाई दोस्रो सात वर्षको कार्यकालका लागि पद स्वीकार गर्न अपील गरेपछि यो नतिजा सम्भव भएको हो।
यद्यपि मटारेलाले दोस्रो कार्यकालका भने लागि चासो देखाएका थिएनन् । यसअघि शनिबार मटारेलाले संसदीय नेताहरूको एक प्रतिनिधिमण्डल भेट गरेपछि "परिस्थितिलाई ध्यानमा राख्दै" फेरि देशको नेतृत्व गर्न तयार रहेको घोषणा गरेका थिए । यस अघि जारी सात चरणको मतदानले परिणाम ल्याउन सकेको थिएन । (एएनआई/स्पुतनिक)
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, १६ माघ २०७८, १२ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इटालीको तटमा दुईवटा जहाज डुब्दा ११ जनाको मृत्यु, ६० भन्दा बढी बेपत्ता