काठमाडौं । २०औं संस्करणको आहा रारा गोल्डकप फुटबलको फाइनल खेलमा भोली मनाङ मर्स्याङ्दी क्लब र विभागीय टिम नेपाल एपीएफ क्लब भिड्दै छन् ।एपीएफलले उद्घाटन खेलमा आयोजक सहारालाई २–० तथा पहिलो क्वार्टरफाइनलमा वीवाइएससी मिनिसोटा युएसएलाई ३–१ र सेमिफाइनलमा मछिन्द्रलाई ३–१ ले हराउँदै उपाधिका लागि १४ बर्षपछि फाइनलमा मनाङसंगको भेट पक्का गरेको हो ।
त्यस्तै मनाङ नेपाल पुलिस क्लबलाई २–० ले हराउँदै सेमिफाइनल तथा बिहिबार भएको दोस्रो सेमिफाईनलमा आर्मीलाई टाइब्रेकरमा ४–३ ले हराउँदै १२ औं पल्ट फाइनलमा प्रवेश गरेको हो । मनाङले ६ पटक उपाधि जितिसकेको छ भने एपीएफ पहिलो पटक उपाधि उचालेर इतिहास रच्ने दाउमा रहेको छ ।
यसैबीच, पोखरामा आज आयोजित प्रि–म्याच कन्फरेन्समा बोल्दै एपीएफका प्रशिक्षक कुमार थापाले खेलाडीहरुको प्रदर्शनबाट आफू सन्तुष्ट रहेको बताएका छन् । कठिन परिस्थितिमा सहाराले प्रतियोगिता आयोजना गर्न मिहिनेत गरे जस्तै आफूहरुले पनि सोही अनुसारको खेलमा मिहिनेत गरेको उनले बताए ।
त्यस्तै मनाङका प्रशिक्षक फुजा तोपेले एपीएफको प्रर्दशन पछिल्लो क्रममा राम्रो रहेको र आफुहरुलाई राम्रो प्रदर्शन गर्न दबाब रहेको एपीएफका प्रशिक्षक कुमार थापाले बताए । उनले उपाधि जित्ने गरी आफूहरुले खेल प्रदर्शन गर्ने पनि दावी गर्नु भएको छ ।
सहारा क्लब पोखराको आयोजनामा जारी प्रतियोगितामा १० टिमको सहभागिता रहेको थियो । प्रतियोगिताको विजेता टिमले १० लाख १ हजार र उपविजेता टिमले ५ लाख १ हजार प्राप्त गर्ने छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १४ माघ २०७८, १२ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आहा रारा गोल्डकपः पहिलो सेमिफाइनमा आज थ्रीस्टार र जावलाखेल भिड्दै
आहा रारा गोल्डकप : पुलिससँग चर्च ब्वाइज भिड्दै
आहा रारा गोल्डकपमा क्वाटरफाइनलका खेल हुँदै
आहा रारा गोल्डकप : आज त्रिभुवन आर्मी र राइजिङ स्टारबीच प्रतिस्पर्धा
डिशहोमको एक्सन स्पोर्टस एचडी वानले आहा रारा गोल्डकपको प्रत्यक्ष प्रसारण गर्ने
आहा रारा गोल्डकप : भारतीय टिम सहभागी नहुने, एपिएफ समेटियो