काठमाडौं। काठमाडौं उपत्यकामा कोभिड-१९को संक्रमण बढेसँगै ट्राफिक प्रहरीले अनिवार्य मास्कको प्रयोग गर्न स्टिकर अभियान शुरू गरेको छ ।
ट्राफिक प्रहरीले सार्वजनिक सवारी साधनका चालक सह(चालक तथा यात्रुलाई अनिवार्य मास्कको प्रयोग गर्न अनुरोध गर्दै सवारी साधनहरुमा सूचनामुलक स्टिकर टाँस गरेको हो ।
काठमाडौं मल अगाडी गरिएको कार्यक्रममा ट्राफिक प्रहरी महाशाखाका प्रमुख बरिष्ठ उपरीक्षक उमेश राज जोशी, यातायात व्यवसायी तथा पदाधिकारी र अन्य प्रहरी अधिकृतहरुले ‘सवारी साधनमा चढ्दा अनिबार्य मास्कको प्रयोग गरौं’ भन्ने सचेतनायुक्त स्टिकर टाँसेर अभियान शुरू गरेका हुन् ।
कार्यक्रममा बोल्दै एसएसपी उमेश राज जोशीले कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रण गर्न अपनाउनु पर्ने स्वास्थ्य मापदण्ड र सावधानीका उपायहरुलाई पुर्ण पालना गर्न अनुरोध गरे ।
यसका साथै ट्राफिक प्रहरीले सवारी साधनमा यात्रा गर्दा मास्कको प्रयोग भए(नभएको अनुगमन गर्दै मास्क नलगाएका सवारी चलाकलाई सम्झाइ-बुझाइ मास्कसमेत बितरण गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०६ माघ २०७८, १४ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हराएका २५ दुई पाङग्रे सवारी साधन धनीलाई हस्तान्तरण
लाईसेन्स र ब्लूबुक नियन्त्रणमा लिने ट्राफिकको कदम विरुद्धको रिटमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश जारी
हराएका २६ ओटा दुई पाङग्रे सवारी साधन ट्राफिक प्रहरीद्वारा धनीलाई हस्तान्तरण
ट्राफिक प्रहरीको इतिहास र विकास तस्बिरमा सार्वजनिक
ट्राफिक प्रहरीको लापसे चेकिङ : ४ जना चालक नियन्त्रणमा
ट्राफिक प्रहरी जवानको हत्या आशंकामा छ जना पक्राउ